नियम ३७
आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार
नियम ३६ बमोजिम
खडा भएको आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः–
(क) आय व्यय र धरौटीको स्रेस्ताको मासिक रुपमा लेखा परीक्षण गर्ने,
(ख) अन्तिम लेखा परीक्षणको लागि श्रेस्ता तयारी राख्न सहयोग पु¥याउने
(ग) आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारको आर्थिक अनियमितता
र रकम हिनामिना भएको देखिएमा लेखा समितिमा तुरुन्त प्रतिवेदन गरी
प्राप्त निर्देशन अनुसार गर्ने,
(घ) आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिका सम्बन्धमा आन्तरिक
लेखापरीक्षण सम्पन्न गरेको मितिले सात दिनभित्र प्रमुख र सचिवलाई
प्रतिवेदन पेश गर्ने,
(ङ) खण्ड (घ) बमोजिम प्रतिवेदन पेश गरेपछि प्रमुख वा सचिवले कुनै
निर्देशन दिएको भए निर्देशन र निर्णय कार्यान्वयन गर्ने,
(च) अन्तिम लेखापरीक्षण गर्नु अघि आन्तरिक लेखा परीक्षणबाट औंल्याएको
बेरुजु र तत्सम्बन्धमा भएको कारबाही र शाखाको धारणा सहितको
प्रतिवेदन अन्तिम लेखा परीक्षक समक्ष पेश गर्ने,
(छ) नगरपालिका अन्तर्गतका विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने,
(ज) लेखा समितिको सचिवालयको काम गर्ने,
(झ) स्थानीय निकाय अन्तर्गतका कर्मचारीहरुको वार्षिक तलवी प्रतिवेदन
पारित गर्ने,
(ञ) परिषद्को निर्णय बमोजिम वेरुजु फछर्यौट भए अनुरुप वेरुजुको लगत कट्टा
गर्ने,
(ट) लेखापरीक्षण प्रतिवेदन लेखा समितिको बैठकमा पेश गर्ने ।